पोखरा १९ मा निस्शा वितरण शुरु

पाेखरा | पुस २४, २०७९

पोखरा १९ मा निस्शा वितरण शुरु

पोखरा:  पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्रका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गा धनी दर्ताको निस्शा वितरण शुरु गरेको छ।


राष्ट्रिय भुमि आयोगको निर्देशिको अनुसुची ६को प्रयोजनको लागि  सुकुम्बासी समस्या समाधान आयोगको सिफारिस अनुसार त्यस वडाका ३ सय ८ परिवारलाई निस्सा वितरण शुरु गरिएको वडा सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो।


वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमकाबीच वडाध्यक्ष पुष्पेन्द् पाण्डेले निस्सा वितरण कार्यको थालनी गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सरकारले शुरु गरेको अभियानलाई सार्थक बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पोखरा १९ मा कोही पनि भुमि हिन हुनुपर्ने अवस्था नआउने गरी आफुहरुले काम गर्ने बताउनुभयो।


कार्यक्रममा एमाले पोखरा १९ का सचिव विकास गौतम, नेपाली कांग्रेसका विष्णु प्रसाद बास्तोला, वडा कार्यालयका सुर्य बहादुर नेपाली , वडा सदस्य दुर्गा देवी बस्नेत, विकास आचार्य, वडा सदस्य कल्पना सुनार लगायतले मन्तव्य राखेका थिए।


कार्यक्रमको सञ्चालन सचिव श्रीराम पौडेलले गर्नुभएको थियो। उक्त वडामा ३०८ जना भुमि हिन  दलित, भुमि हिन सुकुम्बासी,  र अव्यवस्थित बसोबास गरेका छन्। कार्यक्रममा निस्सा प्राप्त गरेकाले अव छिट्टै जग्गा धनी प्रमाण पुर्जा पाउने विस्वास व्यक्त गरेका छन्।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्